बाबुरामपछि बामदेव पनि माओवादीकै चिन्हमा चुनाव लड्ने

काठमाडौं- नेसपा अध्यक्ष डा। बाबुराम भट्टराईपछि वामदेव गौतम पनि माओवादी केन्द्रको चिन्हमा चुनाव लड्नुहुने भएको छ ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले मङ्गलबार बिहान पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा माओवादीले डा। भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई स्वीकृत गरेको जानकारी दिनुभयो ।

भट्टराई र गौतमको विषयमा सत्ता गठबन्धनमा पनि छलफल गरेर टुङ्गो लगाइने महराले बताउनुभयो ।

आज निर्वाचन आयोगमा भने माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिन्ह दर्ता गर्ने तयारी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.