राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई पुनः प्रमाणीकरणका लागि पठाइने

काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई पुनः सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाउने सहमति गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई संसदमा तत्काल प्रक्रिया अघि बढाई पारित गरेर पुनः प्रमाणीकरणका लागि पठाउने सहमति गरेको कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

संविधान बमोजिम संसदले पुन बिचार गरी प्रमाणीकरणका लागि पुनः पठाएमा प्रमाणीकरण गर्नेपर्ने संवैधानिक व्यवस्था छ । यसअघि संसद्ले साउन १५ गते पास गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २९ गते सुझावसहित पुनः विचारका लागि फिर्ता पठाउनुभएको थियो ।

त्यस्तै बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग टीआरसी विधेयकका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरी आएका सुझावका आधारमा संशोधन गरी अघि बढाउने सहमति भएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

शान्ति प्रक्रिया तथा मेलमिलापका बाँकी बिषयहरुलाई समाधान गरी गर्नेगरी उक्त बिधेयकलाई अघि बढाईने उहाँले बताउनुभयो ।

यस सम्बन्धमा कानूनमन्त्रीले गहन रुपमा छलफल गरिरहनु भएको र त्यसलाई मध्यनगर गर्दै सत्य निरूपण तथा मेलमिलापका विषयमा प्रक्रियागत रुपले टुँगो लगाउन सरकार प्रतिवद्ध रहेको पनि मन्त्रि कार्कीले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.