सप्तरीमा डुबेर एक बालकको मृत्यु
सप्तरी– सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ४ स्थित वेल्ही चपेनामा पोखरीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ ।
वेल्ही चपेना वडा नम्वर ४ बुधबार स्थानीय वीरेन्द्र मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको डुबेर मृत्यु भएको प्रहरी चौकी पथरगाडाका ईन्चार्ज प्रमेश्वर पासवानले जानकारी दिनुभयो ।
बुधबार पौडी खेल्न घरबाट साथीहरु सँग हिँडेका उनी धेरै बेर सम्म नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।
नुहाउन गएका पोखरीको डिलमा उहाँले लगाएको कपडा र चप्पल फेला परेको थियो ।
प्रहरी चौकी पथरगाडाबाट खटिएको टोलिले खोेजी गर्ने क्रममा पोखरीमा डुबेको अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्