दार्चुलामा जीप दुर्घटनाः पाँच जनाको मृत्यु

दार्चुला- दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना घाइते भएका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जीप सडकबाट करिब २५० मिटर तल खसेको छ ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको र घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ । उद्धार कार्यमा मालिकार्जुन प्रहरी चौकीको टोली र स्थानीय खटिएका थिए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.