बालुवाटारमा प्रधानमन्त्रीले गर्नुभयो प्रमुख विपक्षी दलसँग संवाद

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको छ ।

भेटका क्रममा आगामी निर्वाचनका साथै सरकारले संसदमा पेस गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन संशोधन सम्बन्धी विधेयक, नागरिकता विधेयक र मुल्यवृद्धि लगायतका बारेमा छलफल भएको थियो ।

भेटका क्रममा एमाले अध्यक्ष ओलीले प्रतिपक्षी दलसंग छलफल नगरिकन सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदमा पेश गरिएको बारेमा आपत्ति जनाउनुभएको थियो ।

यसैगरि प्रधानमन्त्री देउवाले आगामी निर्वाचन स्वच्छ र निष्पक्ष हुने आश्वासन दिंदै एमालेले उठाएका मागहरुका सम्बन्धमा सरकारमा सहभागी दलहरुबीच छलफल गरिने बताउनुभएको नेताहरुले जानकारी दिनुभएको छ ।

भेटका क्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकासाथै एमाले नेताहरु सुवासचन्द्र नेम्बाङ र विष्णु पौडेल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.