नागरिकता विधेयकले राजनीतिक संकट ल्याउँदैन : दाहाल

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रिय सभाबाट पास भएपछि राष्ट्रपतिले प्रमाणिकरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले नागरिकता विधेयकले कुनै राजनैतिक संकट नल्याउने पनि बताउनु भयो । उहाँले राष्ट्रपतिले सेनाका वर्तमान र भूपू पदाधिकारीहरुलाई भेट गर्नु अस्वभाविक देखिए पनि राजनैतिक संकट निम्त्याउने खालको नभएको बताउनु भयो ।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले बाहिर हल्ला भए जस्तो कुनै विवाद नभएको र गठबन्धनबीच सहमतिमा नै सिटको बाँडफाँड हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.