सुनसान सडक र शहरः तस्वीर

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली खण्ड सुनसान अवस्थामा । कोभिड-१९ को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ ७ गतेसम्म व्यास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

सिन्धुपाल्चोकमा सोमबारबाट जारी बन्दाबन्दीमा चौतारा बजार । छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने भन्दै सिन्धुपाल्चोकमा एक सातासम्म लकडाउन गरिएको छ ।

सिन्धुपाल्चोकमा सोमबारबाट जारी बन्दाबन्दीमा चौतारा बजार । छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने भन्दै सिन्धुपाल्चोकमा एक सातासम्म लकडाउन गरिएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रदेश२ को अस्थायी राजधानी जनकपुरधाममा जारी गरिएको निषेधाज्ञाको कारण सधैँ भिडभाड देखिने भानु चोक क्षेत्र सुनसान ।

विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण रोक्न प्रदेश२ को अस्थायी राजधानी जनकपुरधाममा जारी गरिएको निषेधाज्ञाको कारण सुनसान देखिएको राम मन्दिर रहेको राम चोक क्षेत्र ।

विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा जारी गरिएको निषेधाज्ञाको कारण सधैँ दर्शनार्थीको भिडभाड हुने हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरको बाहिर प्रवेशद्वारमा सुनसान देखिएको मन्दिरको प्राङ्गन ।

समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्र्दै गएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा गरेपछि तनहुँको सदरमुकाम दमौलीको मुख्य व्यापारिक केन्द्र मानिने सफा सडक बजार क्षेत्रमा देखिएको सुनसान दृश्य । (तस्वीरः रासस)

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.