दसैंमा पिङको मज्जा ! (फोटो फिचर)

काठमाडौँ- दसैंको टीकाको दिनमा एकैछिन भएपनि धर्ती छाड्नुपर्ने विश्वासका कारण आज देशका विभिन्न ठाउँमा थापिएका पिङ खेल्न मानिसहरुको भीड लागेको छ।

शहरहरुमा भन्दा गाउँमा बढी लोकप्रिय पिङ यो बर्ष स्थानीय तहहरुको सक्रियतामा पनि संचालनमा छन । त्यसो त पिङ थापेर बिँडो थाम्ने काममा शहरका मानिसहरु पनि लागि परेका छन ।

खुला ठाउँमा थापिएका लिंगे पिङ, रोटे पिङ र जाँते पिङ नेपाली संस्कृतिको एउटा महत्पपूर्ण पक्ष मानिन्छ ।

नयाँ पुस्तामा भने पिङको महत्व घट्दै जान थालेको छ । पाका पुस्ताका मानिसले यसको जगेर्ना गर्न प्रयास गर्नुपर्ने भन्दै कतिपय स्थानीय  तहले त यसपटक रकम नै छुट्याएर पिङ थाप्ने अभियान संचालन गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.