नोबेल साहित्य पुरस्कार एनी एर्नोलाई

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गर्नुभएको जनाएको छ । त्यसैका लागि उहाँलाई नोबेल साहित्य पुरस्कार दिइएको हो ।

उहाँले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारेमा आफ्ना सहित्यीक रचना मार्फत उजार गर्दै आउनु भएको छ । लेखिका एर्नोका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायतका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्य मानिन्छन् ।

स्विडिश एकेडेमीले प्रदान गर्ने यो पुरस्कार आठ लाख अमेरिकी डलर बराबरको रहेको छ । यस वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा पनि आज गरिँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.