राष्ट्रपति सीद्वारा राजनीतिक प्रतिवेदन पेश
बेइजिङ- राष्ट्रपति सी जिनपिङले राजधानी बेइजिङमा जारी सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी को २०औं राष्ट्रिय महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ।
प्रतिवेदन पेश गर्दै राष्ट्रपति सी ले बितेको एक दशकमा राजनीतिक र ऐतिहासिक महत्त्वका महत्त्वपूर्ण घटनाहरू भएको उल्लेख गर्दै चिनियाँ विशेषतासहितको समाजवाद अपनाइएको, पूर्ण गरिबी उन्मूलन गरिएको र समृद्धि हासिल गरिएको बताउनुभएको छ। राष्ट्रपति सीले बितेको एक दशकमा अर्थतन्त्र झन् सुदृढ भएको र कुल गार्हस्थ उत्पादनमा वृद्धि भएको पनि बताउनुभएको छ।
कोभिड-१९ संक्रमण रोक्न चीनले अपनाएको शून्य कोभिड रणनीतिको राष्ट्रपति सी ले बचाउ गर्नुहुँदै संक्रमण रोक्न र जीवन रक्षा गर्न महत्त्वपूर्ण साबित भएको पनि बताउनुभएको छ।
यसैबीच बैठकका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीले आगामी पाँच वर्षका लागि आफ्नो दस्तावेज सार्वजनिक गर्दै सबै क्षेत्र ओगट्ने आधुनिक समाजवादउन्मुख चीन निर्माण गर्ने जनाएको छ। अक्टोबर २२ सम्म चल्ने राष्ट्रिय महाधिवेनमा करिब २३ सय प्रतिनिधिहरू सहभागी छन्।
प्रतिक्रिया राख्नुहोस्