शान्तिका लागि क्षमादान ठूलो हो : अध्यक्ष तिमिल्सिना

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शान्तिका लागि क्षमादान नै ठूलो भएको रहेको बताउनुभएको छ ।

युनिभर्सल पिस फेडेरेसनले ‘इन्टरनेसनल डे फर टलरेन्स’ का अवसरमा काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रमा अध्यक्ष तिमिल्सिनाले अर्काको सम्मान गर्ने संस्कृति विकास गर्नुपर्नेमा जोड दिनुभयो । ‘समाजमा अर्काको अस्तित्व र अधिकारको सम्मान गर्न सकियो भने द्वन्द्व न्युनिकरण हुन्छ,’ उहाँको भनाइ थियो, ‘तसर्थ क्षमादान ठूलो हो ।’

अध्यक्ष तिमिल्सिनाले कुनै पनि धर्मले हिंसा स्वीकार नगरेको बताउँदै तर विश्वभर धर्मका नाममा युद्ध र हिंसा भइरहेको उल्लेख गर्नुभयो । उहाँले विश्वले शान्ति चाहेकोसमेत बताउनुभयो ।

नेपाल बुद्धभूमि भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले विश्वका शान्तिप्रेमी हर नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एकनाथ ढकालले शान्ति भएमा मात्रै विकास सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले समाजमा आपसमा धार्मिक सहिष्णुता र सद्भावको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा फेडेरेसनका क्षेत्रीय अध्यक्ष डेमाइन डन्क्ली, सहनिर्देशक सन्तोषकुमार पौडेल, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदय रत्न बज्राचार्य लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बज्राचार्यसहित स्वामी आनन्द विनोदसहित तीन जनालाई पिस एम्बास्डर सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.