प्युठानमा जीप दूर्घटनाः ३ जनाको मृत्यु

प्युठान- दाङ-प्युठानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका-५ पूर्णगाउँमा खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो ।

प्युठान नगरपालिका-५ पातल कटेरी निवासी ५२ बर्षीया मैमा घर्ती, सोही ठाउँ निवासी ४३ बर्षिया बच्चि थापा र ४६ बर्षीय खुमन थापाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ । दुर्घटना राति २:३० बजे भएको हो । गाडी सडक देखि दुई सय मिटर तल खसेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.