एमालेमा मतदाताको उत्साह छ : अध्यक्ष ओली

चितवन– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले लोकतन्त्रको रक्षा र समृद्धिको लागि नेकपा एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

चितवनको भरतपुरमा सोमबार नेकपा एमाले चितवनद्वारा आयोजित आम सभामा उहाँले राष्ट्रियता लोकतन्त्र सुशासन र विकासको लागि एमाले सरकार चाहिने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले मसिर ४ गतेको निर्वाचनको लागि महाकालीदेखि मेची र दुर्गम स्थलहरुमा नेकपा एमालेको पक्षमा मतदाताहरु उत्साहका साथ लागेको आफूले पाएको बताउनुभयो ।

उहाँले देश कसरी बनाउने देशको विकास कसरी गर्ने उद्योग कलकारखाना र कृषिलाई कसरी विकास गर्ने भन्ने योजना नेकपा एमालेको घोषणा पत्रमा उल्लेख भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.