ए मान्छे, तँ कस्तो मान्छे !

कतै महामारीसँग लड्ने स्वास्थ्यकर्मीलाई पीपीई पुग्दैनन्
कतै पीपीई फोटोसुट गरेर थाक्दैनन्
कसैको जीवनसँग खेलवाड गर्ने
ए मान्छे, तँ कस्तो मान्छे !

पृथ्वीमा मानव संकट पर्दैछ
महामारीले मानव जाति भयभित बन्दैछ
लाश माथि पनि राजनीति गर्न खोज्ने
ए मान्छे, तँ कस्तो मान्छे !

एउटा मान्छेले ‘कोरोना’ कहाँबाट कहाँ पुर्‍यायो
एउटाले अर्कोलाई, अर्कोले अर्कोलाई
आज विश्वभरी फैलायो
त्यही मान्छेसँग नडराउने
लकडाउनमा घर भित्र बस्न नमान्ने
ए मान्छे, तँ कस्तो मान्छे !

राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.