मयुरले भित्र्यायो थप चार नेपाली उत्पादन

टोकियो– जापानमा नेपाली खाद्य वस्तु बिक्री गर्दै आएको मयुर कर्पोरेशनले एकसाथ चारवटा नेपाली उत्पादन थप गरेको छ ।

मयुर कर्पोरेशनले राजधानी टोक्योमा एक कार्यक्रमको आयोजना गरि थप नेपाली उत्पादनको बिक्री वितरण सुरु गरेको जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल जापान चेम्बर अफ कमर्शका अध्यक्ष बलराम श्रेष्ठ, मयुर कर्पोरेशनका अध्यक्ष अरुण श्रेष्ठलगायतले संयुक्त रूपमा नयाँ उत्पादन सार्वजनिक गरे ।

कार्यक्रममा कर्पोरेशनले अर्ना नामको दुई प्रकारका वियरको बिक्री सुरु गरेको छ । मयुरले नेपालमा सरकारी स्वामित्वको सफल घिउ र वाइवाइ चाउचाउको दुई नयाँ उत्पादन अकबरे र पिजा चाउचाउको बिक्री सुरु गरेको छ ।

मयुर कर्पोरेशनका अध्यक्ष अरुण श्रेष्ठले गुणस्तरीय नेपाली उत्पादन बिक्री वितरण र प्रवर्द्धन गर्न आफू र आफ्नो कम्पनी तयार रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.