आइसोलेशन कक्ष तोडफोड गरेको भन्दै क्याम्पस प्रमुख पक्राउ

संखुवासभा- सदरमुकाम खाँदबारीमा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेशन कक्ष तोडफोड र स्वास्थ्य सामाग्री चोरी गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् ।

खाँदबारीमा रहेको हिमालय किरण क्याम्पसका प्रमुख मात्रिका तिम्सिनालाई प्रहरीले पक्राउ गरेको हो । प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीले प्रमुख तिम्सिनामाथि अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । हराएको स्वास्थ्य सामाग्री भने अझै प्रहरीले फेला पार्न सकेको छैन ।

अस्पताल प्रशासनका अनुसार आइसोलेशन प्रयोजनका लागि राखिएका सामाग्री बिहीबार राति तोडफोडपछि हराएको थियो । करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताउनुभयो । झाका अनुसार ७० थान पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडर लगायतका सामाग्री हराएका छन ।

अहिले आइसोलेशनमा ३ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताउनुभयो । तोडफोडपछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.