उदयपुर-१ मा मतगणना सुचारु गर्न आयोगको निर्देशन
काठमाडौँ- निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ ।
मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन हिजो मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।
स्थगित हुनभन्दा अघिसम्मको अवस्थामा यहाँ नेपाली काँग्रेसका डाक्टर नारायण खड्का २१ हजार ८ सय ३३ मतसहित अगाडि हुनुहुन्छ भने उहाँलाई नेकपा एमालेकी मञ्जु चौधरीले २० हजार १ सय २० मतका साथ पछ्याइरहनुभएको छ ।।
प्रतिक्रिया राख्नुहोस्