बाजुरामा मतगणना सुरु

बाजुरा– बाजुरामा मतगणना सुरु भएको छ। जिल्लाकाे मतगणना दिउसाे ३ बजेर ३० मिनेटबाट सरु हुने भनेपनि ६ बजे बाट मतगणना सुरु भएकाे हाे ।

मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलिय बैठकले साढे ३ बजे पछिबाट मतगणना गर्ने सहमति गरेको थियाे । दुइवटा ठाउँ बाट प्रतिनिधि सभा र एक ठाउँ बाट प्रदेश सभाकाे गणना शुरु गरिएकाे छ ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्ने बुधबार निणर्य गरेको थियो। तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन्। आयोगको मतगणना गर्ने निणर्य गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलिय बैठक बोलाएको थियो।

तेस्रो पटक नेकपा एमालेसहित सहभागि भएपछि मतगणना गर्ने सहमति भएको हो। बुधवार बेलुका, बिहीबार बिहान ७ बजे र बिहान ११ बजे बैठक बसेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.