तुलसी दिवशलाई “तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान” प्रदान गरिने

काठमाडौँ- यस बर्षको ‘तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान’बाट लोक संस्कृतिविद् तुलसी दिवशलाई सम्मान गरिने भएको छ ।

तुलसीमान श्रेष्ठ स्मृति समाजले हरेक वर्ष नेपाली भाषा तथा लोक साहित्यका साधकहरुको सम्मान गर्दै आएकोमा यस बर्ष प्राध्यापक दिवशलाई यो सम्मान गर्ने निर्णय गरेको हो ।

स्वर्गीय तुलसीमान श्रेष्ठले शैक्षिक, सामाजिक तथा नेपाली लोक साहित्यको क्षेत्रमा पुर्‍याउनु भएको  योगदानलाई चीर स्थायी बनाउने उद्देश्यले “तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान” स्थापना गरिएको हो ।

सम्मानसहित यसबर्ष लोकसंस्कृतिविद् दिवशलाई २५००० रुपैँया प्रदान गरिने स्वर्गीय श्रेष्ठका छोरा डा. निरजमान श्रेष्ठले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.