च्याम्पियन्स लिग फुटबलको उपाधि वायर्न म्युनिखलाई

काठमाडौं- जर्मन फुटबल च्याम्पियन वायर्न म्युनिखले युरोपेली क्लवहरुहरुको फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि छैठौं पटक जितेको छ ।

फ्रान्सेली क्लव क्लब प्यारिस सेन्ट जर्मन-पीएसजीलाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै वायर्नले उपाधि जितेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा किङस्लेकोमानले निर्णायक गोल गरे ।

यो जितसंगै वायर्न युरोपियन कप वा च्याम्पियन्स लिगको ११ वटा खेलमा पूर्ण रुपमा जित गर्दै गर्दै उपाधि जित्ने पहिलो क्लव पनि बनेको छ ।

पोर्चुगलको लिज्बोनमा भएको फाइनल खेलमा कोम्यानले ५९औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । वायर्नसँगको पराजयले क्लब स्थापनाको५० वर्षमा पहिलो पटकच्याम्पियन्स लिगको फाइनलमा पुगेकोपीएसजी उपाधि जित्नबाट भने चुकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.