सरकारको नेतृत्व कांग्रेसले नै लिनुपर्नेमा नवनिर्वाचित सांसदहरुको जोड
काठमाडौं- नयाँ सरकार गठनको तयारी भैरहँदा नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी अब बन्ने सरकारको नेतृत्व कांग्रेसले नै लिनुपर्नेमा जोड दिनु भएको छ ।
प्रधानमन्त्री निवास बलुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराउनु भएको हो ।
उहाँहरुले राष्ट्रपति समेत नेपाली काँग्रेसबाट हुनुपर्नेमा जोड दिनुभयो । जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताउनुभएको भेटमा सहभागी सांसदहरुले जानकारी दिनुभयो । प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ ।-






प्रतिक्रिया राख्नुहोस्