एकीकृत समाजवादीले लिएन कुनै निर्णय

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को आकस्मिक पदाधिकारी बैठक बसेको छ ।

गठबन्धनको नेतृत्वमा सरकार निर्माणमा अन्योलता देखिएपछि मुलुकमा विकास भएको नयाँ राजनीतिक अवस्थाकाबारे छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठक बोलाउनुभएको थियो ।

बैठकमा अकस्मात विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भएको महासचिव बेदुराम भूसालले जानकारी दिनुभयो । उहाँले परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.