तीन वर्षपछि चीनले एकतर्फी खाेल्याे हिल्सा नाका
हुम्ला- तीन वर्षदेखि काेराना महामारीले ठप्प चीन – नेपाल सिमा रहेकाे हिल्सानाका चिनले एकतर्फि खाेलेकाे छ ।
काेराेना महामारी बन्द रहेकाे हिल्सा नाका चिनले एकतर्फि खुला गरेकाे हाे ।
साेमबारदेखि ८ ट्रक, माल वस्तु नेपालतर्फ भित्रिने भएकाे यारी भान्सार कार्यालय हुम्लाले जनाएको छ ।
चीनले एकतर्फि हिल्सानाका खाेलेपछि नेपाल सामान आयत हुन लागेकाे यारी भान्सार कार्यालयका प्रमुख रामराज जैसीले जानकारी दिनुभयो ।
हामीलाई प्राप्त जानकारीअनुसार ८ वटा ट्रकमा सामान नेपालतर्फ आएका छन्,’ जैसीले भन्नुभयो, ‘के के सामान आएका छन् त्यो अहिले ठ्याक्कै भन्न सकिने अवस्था छैन ।’
दैनिक उपभोग्य वस्तु ठप्प
उत्तरी हिल्सा नाका बन्द हुँदा नाम्खा गाउँपालिकामा दैनिक उपभोग्य सामग्री, खाद्यान्न र निर्माण सामग्रीको अभाव हुन थालेको छ ।
‘पूरै गाउँपालिका वर्षौँदेखि चिनियाँ खाद्यान्नमा निर्भर छ,’ नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङले भन्नुभयो, ‘नाका बन्द भएपछि स्थानीयलाई जीविकोपार्जनमा समस्या भयो ।’ उहाँका अनुसार यातायात सुविधा नहुँदा स्थानीयलाई सदरमुकाम सिमिकोटबाट खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या छ । नाका बन्द भएपछि युवाहरू यो वर्ष चीनको ताक्लाकोट जान नपाएको उहाँले बताउनुभयो ।
तुम्काेट बजार सुक्याे
हिल्सा नाकाले धाँनेकाे नाम्खा गाउँपालिका- ५ स्थित तुम्काेट बजार सुकेकाे छ । हिल्सा नाकाबाट दैनिक वस्तु आउन छाेडेसँगै मुचुका तुम्काेट बजार सुनासान भएकाे छ ।
केही वर्ष पहिले हिल्सा नाकाबाट दैनिक उपभाेग्य वस्तु आयत हुने भएपछि तुम्काेट बजारमा बजार थियाे ।
चार वर्षदेखि हिल्सा नाका बन्द भएपछि तुम्काेट बजार सुकेकाे नाम्खा गाउँपालिका-५ का स्थानीय तुण्डुम तामाङले बताउनुभयो ।
तुम्काेट बजार सुनसान भएसँगै अधिकाशहरूकाे राेजिराेटी पनि घुमेकाे तामाङले बताउनुभयो ।
बेरोजगार युवा ताक्लाकोट जान पाएनन्
नाम्खा गाउँपालिकाका प्रायः युवा बर्सेनि मजदुरीका लागि ताक्लाकोट जाने गरेका छन् । ताक्लाकोट जान नपाउँदा अधिकांश युवा बेरोजगार भएर बस्न बाध्य छन् । बर्सेनि चीनको ताक्लाकोटमा रोजगारी गर्ने युवाहरू हिल्सा नाका बन्द भएसँगै रोजगारीमा जान नपाएको वडाध्यक्ष तामाङले भने ।
९० होटेल संकटमा
नाका नखुल्दा हिल्साका झन्डै ५० होटेल र ४० पसल बन्द छन् । सिमिकोटमा पनि २६ होटेल बन्द भएको उनले जानकारी दिए । कोरोनाको त्रास घटेकाले नाका छिटो सञ्चालन गर्न सरकारसँग आग्रह गरिए पनि बेवास्ता भएको उहाँको गुनासो छ ।
भन्सार, अध्यागमनलगायतका कार्यालय बन्द
नाका बन्द हुँदा हिल्सामा रहेका भन्सार, अध्यागमनलगायत कार्यालय पनि बन्द छन् । सरकारले केही महिनाअघि चीन र भारततर्फका ३० वटा नाका सञ्चालन गर्ने निर्णय गर्दा हिल्सा नाका परेको थिएन । ‘नाका खोल्न विभिन्न निकायमा आग्रह गरेका छौँ, सुनुवाइ नै हुँदैन,’ उद्योग वाणिज्य संघ अध्यक्ष नाम्ग्याल तामाङले भन्नुभयो ।
राजस्व शुन्य र घाटा
तिन वर्षदेखि हिल्सानाका बन्द भएसँगै यारी भान्सार कार्यालय हुम्लामा राजस्व शून्य देखिएकाे छ ।
चिन – नेपाल दुवै तर्फबाट सामान आयत नियात ठप्प भएपछि राजस्व शून्य भएकाे यारी भान्सार कार्यालय हुम्लाले जनाएको छ । कर्मचारीकाे तलब मात्रै काराेबार काम हुने गरेकाे काेष लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ । यारी भान्सार बन्द भएपछि तीन वर्षदेखि राजस्व घाटा रहेकाे काेष लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ ।
राजस्व उठाउन कर्मचारी हिल्सा
साेमबार चिनले एकतर्फि मात्रै हिल्सा नाका खुल्ला गरेसँगै बेरोजगार देखिएका यारी भन्सारका कर्मचारी उत्तरी चीन नेपाल सिमाना हिल्ला नाकामा राजस्व संकलन गर्न हिडेका छन् । कार्यालयका प्रमुख राजराज जैसी र दुई जना कार्यालय सहयाेगी मंगलबार हिल्सातर्फ हिडेका छन् ।
प्रतिक्रिया राख्नुहोस्