प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज १ बजे बस्ने भएको छ । अहिले ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि सारिएको हो । प्रतिनिधि सभाको वेभसाइटमा आजको बैठक दिउँसो १ बजे बस्ने सूचना राखिएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यक्रम तय भएको थियो । दलहरुबीच विश्वासको मत दिने नदिने विषयमा छलफल भइरहँदा बैठक केहीबेर पर सारिएको बुझिएको छ

विश्वासको मत दिने नदिने विषयमा नेपाली काँग्रेस संसदीय दलको बैठक जारी छ । अरु दलहरुले भने विश्वासको मतका बारेमा निर्णय गरिसकेका छन ।

नेपाली काँग्रेसको निर्णय जे आएपनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने प्रस्ट भइसकेको छ ।

नेपाली काँग्रेसको मत लिन प्रधानमन्त्रीले हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर अनुरोध गर्नुभएको थियो । यस विषयमा अहिले केहीबेरमा निधो हुने काँग्रेसले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.