कोरोना संक्रमित ११ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमित थप ११ जनाको मृत्यु भएको छ ।

२ महिलासहित ७ जिल्लाका ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबार जानकारी दिनुभयो । मोरङ र भक्तपुरमा एक–एक जना महिलाको मृत्यु भएको छ ।

कैलालीमा दुई जना पुरुष, महोत्तरीमा दुई जना पुरुष, महोत्तरीमा तीन जना तथा बाँके, काठमाडौं र बारामा एक–एक जना पुरुषको मृत्यु भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

थपिएसँगै नेपालमा कोरोना संक्रमित १ सय ७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.