इसा अवार्ड प्राप्त गरेकोमा डा. रुइतलाई प्रधानमन्त्रीको बधाइ

काठमाडौं– वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले इसा अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिनुभएको छ ।

ट्विट गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, ‘वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु । मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’

डा. रुइतलाई आगामी फेब्रुअरीमा १० लाख डलर, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.