नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव
काठमाडौं- नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।
कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उहाँ र उहाँका आमा हरिकला भण्डारीको आइसियुमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिनुभयो । हिजो राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर उहाँहरु घाइते हुनुभएको हो ।
अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार सांसदसहित रहनुभएका नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत र आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ ।
यस्तै डा भण्डारी र आमा हरिकलाको दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा नकर्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस) गरिएको छ ।-
प्रतिक्रिया राख्नुहोस्