सुदूरपश्चिमका जिल्लाहरुमा भूकम्पको धक्का

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ ।

आज दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भए नभएको जानकारी आउन बाँकी छ ।

यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान समेत गएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.