प्रचारप्रसारको अभावमा ‘तलछडी झरना’

हुम्ला- जिल्लाको सर्केगार्ड गाउँपालिका– ५ गोठी गाउँ नजिकै रहेको तलछडी झरना यतिखेर ओझेलमा पर्दै गएको छ । कुनै पनि निकायद्वारा झरनाको संरक्षण र सम्वर्धन हुन नसकेपछि तलछडी झरना ओझेलमा पर्दै गएको हो ।

प्राकृतिकरूपमा निकै सुन्दर यो तलछडी झरना संरक्षणको पर्खाइमा छ । तर स्थानीय सरकार, प्रदेश सरकार ,केन्द्र सरकारको यहाँ नजर भने अझैसम्म पुगेको छैन ।

३ सय मिटर भन्दा बढी लम्बाई रहेको तलछडी झरना पर्यटकीय क्षेत्रको हिसाबले निकै भरिपूर्ण छ ।

पर्यटकीय आकर्षणको रुपमा रहेको तलछडी झरनाको समयमै संरक्षण र सम्वर्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि यो नयाँ गन्तव्यको रुपमा चिनाउन सकिने स्थानीय देवविक्रम शाही बताउनुहुन्छ ।

गाउँपालिका केन्द्र सर्केगार्डदेखि झण्डै एक घण्टाको दुरीमा रहेको तलछडी झरना प्राकृतिक रुपमा निकै शोभायमान भएपनि झरनाको प्रचार प्रसार भने अझै हुन सकेको छैन ।

प्राकृतिक सौन्दर्य बोकेको तलछडी झरनालाई स्थानीय सरकारले व्यवास्ता गरेका कारण अहिलेसम्म गुमनाम रहेको स्थानीयको गुनासो छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.