बालुवाटारमा चार दलीय बैठकः राष्ट्रपति निर्वाचनबारे विभिन्न विकल्पमा छलफल

काठमाडौं- राष्ट्रपतिको उम्मेदवार तय गर्न बालुवाटारमा बसेको चार दलको बैठक सकिएको छ । पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने तयारीका साथ बैठक सकिएको र बाँकी विषयमा आजै साँझ ५ बजे बस्ने बैठकले टुंग्याउने नेपाली कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।

बैठकका बारेमा जानकारी दिदैं महामन्त्री थापाले आज भएको बैठकमा राष्ट्रपति निर्वाचनबारे विभिन्न विकल्पमा छलफल भएको र आफ्नो-आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे पुन: बैठक बस्ने बताउनुभयो । राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा एकै ठाउँमा उभिने सहमती जस्तै भएको पनि थापाको भनाई छ ।

बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा स्वाभाविक दाबी गरेको बताउँदै महामन्त्री थापाले बैठकमा कांग्रेस बाहेकका दलहरुले पनि राष्ट्रपतिमा आफ्नो आफ्नो दाबी गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरु सहभागी हुनुहुन्थ्यो । पछिल्ला केही दिनदेखि निरन्तर छलफलमा रहेका दलहरुले आज साँझ बस्ने बैठकलाई निर्णायक भनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.