सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारी

काठमाडौँ-  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा पत्रकार शेखर अधिकारी नियुक्त हुनुभएको छ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीले रेडियो, छापा र अनलाइन सञ्चार माध्यममा काम गरिसक्नु भएको छ ।

यसअघि उहाँ नेपालटिभीअनलाइनका समाचार सम्पादक हुनुहुन्थ्यो ।

मोफसल साप्ताहिक, सप्तकोशी एफएम, ब्लाष्ट टाइम्स दैनिक, अनलाइन खबर, ई-कान्तिपुर लगायतका सञ्चार माध्यममा काम गरिसक्नुभएका अधिकारीले २०७५ देखि ०७७ सम्म संसद सचिवालयमा सञ्चार विज्ञको रुपमा काम गर्नुभएको थियो ।

मोरङको उर्लाबारी स्थायी घर भएका अधिकारीले पूर्वाञ्चल विश्व विद्यालयबाट आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.