मोरङ कारागारमा बन्दीको मृत्यु

विराटनगर– मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका मोरङ सुन्दरहरैंचाका फूर्वासिंह तामाङको मृत्यु भएको छ ।

पेट दुखेको भनेपछि उनलाई शनिवार बिहान कोशी अस्पतालमा उपचार्थ पुर्‍याइएको र उपचार कै क्रममा उनको मृत्यु भएको मोरङ कारागारका जेलर सुभाष लामिछानेले जानकारी दिनुभयो । तामाङ चोरी मुद्दामा जिल्ला अदालत मोरङको ०७६ साल फागुन २२ गतेको आदेश अनुसार पूर्पक्षका लागि थुनामा बस्दै आएका थिए । उनको पिसिआर टेष्ट गरिएको र पोष्टमार्टमपछि परिवारलाई शव बुझाइने मोरङ कारागारले जनाएको छ ।

गत बुधबार पनि मोरङ कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका वडा नं. ४ का निराजन यादवको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.