कोरोना संक्रमण बढ्दै गएपछि रगतको अभाव हुन थाल्यो
जनस्वास्थ्यको मापदण्ड पालना गरेर रक्तदान गर्न गराउन सम्बन्धित पक्षसँग सरकारको अनुरोध
काठमाडौं- कोभिड १९ संक्रमितको संख्या बढ्दै गएसँगै देशभर रगतको अभाव हुन थालेको छ । जनस्वास्थ्यको मापदण्ड पालना गरेर रक्तदान गर्न गराउन सम्बन्धित पक्षसँग सरकारले अनुरोध गरेको छ ।
सरकारले अनुरोध गरेसँगै बिभिन्न संघ संस्थाको समन्वयमा रक्तदान अभियान सुरु भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको गरेपछि काडमाण्डौंको घट्टेकुलोमा जनस्वास्थ्यको मापदण्ड पालना गरी रक्तदान कार्यक्रम आयोजना गरियो ।
त्रिवेणी युवाकल्वको आयोजनामा भएको रक्तदानमा करिव ९० जनाले रक्तदान गरेका छन् । यसैगरी अन्य बिभिन्न संघ संस्थाहरुले पछिल्लो समयमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गर्दै आएका छन् ।
बैदेशिक रोजगारमञ्चले आयोजना गरेको रक्तदानमा ६० जना दाताले रक्तदान गरेका छन् । त्यसैगरी लायन्स कल्व अफ ब्लड सर्कल काठमाण्डौले पनि बसन्तपुरमा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।
लायन्स कल्व अफ ब्लड सर्कल काठमाण्डौले जो सुकैले खवर गरेको अवस्थामा घरघरमा नै पुगेर रक्त सङकलन गर्ने गरेको र अभियानकै रुपमा ठाउँ ठाउँमा पुगेर रक्त सङकलन गर्दै आएको छ ।
यसैबीच ब्लड डोनेशन एसोसीयसन काडमाण्डौं जिल्लाका सचिव अनिल तुलाधरले देशमा ब्लड अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर मापदण्ड पालना सहित रक्तदान आयोजना गरिएको जानकारी दिनुभयो ।
सामान्य स्वास्थ्य अवस्था रहेका मानिसले हरेक ३ महिनामा रक्तदान गर्न सक्छन् । रक्तदान जिवनदान भन्ने मान्यता मात्रै रहेको छैन रक्तदानका कारण कयौ मानिसको जिवन बचाउन सकिने चिकित्सकहरुको भनाई छ ।
आम मानिस कोभिड-१९ संक्रमणको महामारी संग जुधिरहेको समयमा स्वस्थ्य मानिसको रगतबाट सुत्केरी, क्यान्सर र मृगौला लगायतका विरामीको ज्यान वचाउन सकिन्छ । कोभिड१९ संक्रमण मुक्त भएका मानिसको रक्तदानबाट प्लाज्मा दिएर पनि संक्रमण मुक्त गर्न सहयोग पुगिरहेको छ ।-
प्रतिक्रिया राख्नुहोस्