ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, २८ जना घाइते

कैलाली- कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । से १ त ८८७० नम्बरको ट्याक्टर गएराति जोशीपुर गाउँपालिका–७ हजारी भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटना हुँदा अन्य २८ जना घाइते भएका छन् ।
दुर्घटनामा परी भजनी नगरपालिका–९ का १५ वर्षीया चाहना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आफन्तको घरबाट पास्नी भोज खाएर फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनापछि फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्