सम्मानजक संख्याका साथ सरकारमा जाने कांग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौं- नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले सम्मानजक संख्याका साथ सरकारमा जाने निर्णय गरेको छ । पार्टी सभापति निवास धुम्वाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकले संसदको सबै भन्दा ठूलो दलको हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिटै सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता डा प्रकाश शरण महतले गठबन्धनमा रहेका दलहरुले मन्त्रीमण्डलमा आफ्नै दावी गरिरहेको अवस्थामा कांग्रेसले पनि ठूलो दलको हैसियतले स्म्मानजनक संख्या पाउनुपर्ने बताउनुभयो ।

उहाँले कांग्रेसले पाउने संख्या र मन्त्रालयका बिषयमा पार्टी सभापतिले प्रधानमन्त्रीसंग छलफल गर्ने र टुङ्गो लागेपछि नाम पठाउने जानकारी दिनुभयो । सरकारमा जान कांग्रेसले आठवटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ ।

बैठकले शान्ति प्रक्रियालाई अन्तिम टुङ्गो लगाउनका लागि पिडितहरुको भावनालाई पनि मध्यनजर राखेर यस सम्बन्धी कानून बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले बैंशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन लगाएतका बिषयमा छलफल गर्न भोलि सोमबार संसदीय दलको बैठक बोलाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.