सरकारले लय समातेको छ, अब विकासको काम अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन, प्रहरी समायोजन ऐन र संघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको बताउनु भएको छ ।

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले संघीय निजामती ऐन, प्रहरी समायोजन ऐन अघि बढिसकेको बताउनु भयो ।

सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले १० दलीय गठबन्धनको वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताउनु भयो ।

सम्मेलनमा सहभागी स्थानीय तहका प्रतिनिधिहरुले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको गुनासो गरेपछि प्रधानमन्त्री दाहालले सरकार पाँच वर्ष नै टिक्ने भन्नुहुदै ढुक्क भएर काम गर्न आग्रह गर्नु भएको हो ।

कार्यक्रममा काठमाण्डौ महानगरका प्रमुख बालेन्द्र साहले स्थानीय सरकारलाई काम गर्न संघिय सरकार सहयोगी बन्नुपर्ने बताउनु भयो ।

सम्मेलनले न्यायिक समितिको प्रभावकारिता संस्थागत र संरचनागत क्षमता अभिवृद्धि एवं माथिल्ला सरकारसँग व्यवस्थित समन्वय गर्न नीति र कार्यक्रम तर्जुमा, न्याय निरुपणका असल अभ्यासको आदानप्रदान गर्न सहयोगी हुने अपेक्षा गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.