गुल्मीमा मह दिवस मनाइने

गुल्मी- गुल्मीमा मह दिवस मनाइने भएको छ । जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर ८ र ९ मा रहेको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ अन्तर्गत आगामी बैशाख ४ गते मुसिकोटमा मह दिवस बनाउने तयारी थालिएको हो ।

मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरि गुल्मीलाई महमा आत्मनिर्भर जिल्ला बनाउन मह दिवस मनाउन लागिएको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ का अध्यक्ष चुमा घर्तीमगरले बताउनुभयो । मुसिकोट नगरपालिकाको उक्त क्षेत्रमा विगत तीन वर्षदेखि मौरी पालक किसान समूहमा आबद्ध रहेर व्यवसाय गरिरहेका छन् ।

मौरी स्मार्टमा हाल ५१ किसान संगठित छन् । उनिहरुले वार्षिक दुई सय ५० घार मौरी, मौरी बिनाका दुई सय घार र महको व्यापक मात्रामा निर्यात गर्दै आएका छन् ।

स्मार्टका अध्यक्ष घर्तीमगर त्यस क्षेत्रको पहिलो मौरी पालक किसान हुनुहुन्छ । गुल्मीमा मौरी स्मार्ट कार्यक्रम लागु भएपछि उनको अध्यक्षतामा ५१ किसान आबद्ध भएर समूहमा काम गर्न थालेका छन् ।

मौरी स्मार्टले पहिलो वर्ष आधार वर्षको रुपमा हेरेको छ । किसान संगठित, मौरी पालन र महको बजारीकरणलाई आधार बनाइएको थियो । दोस्रो वर्ष वृद्धि वर्षको रुपमा मौरी पालनलाई बढाइएको छ । साथै तेस्रो वर्ष अहिले मह दिवस मनाउने तयारी सकिएको छ । भने अर्को वर्ष निर्यात वर्षको रुपमा रहनेछ ।

पहिलो वर्ष ३२ लाख र दोस्रो वर्ष ३७ लाख ५० हजार लुम्बिनी प्रदेश सरकारको मौरी स्मार्टमा लगानी भएको छ । जसमा मौरी सामग्रीहरु, मह बनाउने तालिम र घार निर्माण लगानी गरेको छ ।

गुल्मीको मह विश्वसामू परिचित बनाउन र महमा जिल्लालाई आत्मनिर्भर बनाउन दिवसले टेवा पुराउने ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ का अध्यक्ष चुमा घर्तीमगरले बताउनुभयो ।

‘मौरीको व्यवसायीकरण, प्रवद्र्धन र निर्यातको सहजताको लागि दिवस मनाउन लागिएको हो’ उहाँले भभन्नुभयो, मह दिवसले मौरी पालनमा थप आकर्षित गर्नेछ ।’

‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ अन्तर्गत मौरी स्मार्टमा गरिने मह दिवसमा कृषि ज्ञानेन्द्र, जिल्ला समन्वय प्रमुख, उपप्रमुख, १२ पालिकाका प्रमुख-अध्यक्ष, उपप्रमुख-उपाध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयको बाक्लो उपस्थितीमा मह दिवस मनाउन थालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.