प्रतिनिधिसभाको बैठकः कार्य व्यवस्था समितिका सदस्यहरू मनोनयन गर्ने कार्यसूची

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न एक बजे बस्ने बैठकमा सभामुखले कार्य व्यवस्था समितिका सदस्यहरू मनोनयन गर्ने कार्यसूची रहेको छ ।

यसैगरी आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.