पोखरामा आलु महोत्सव सुरु

कास्की- पर्यटकीय नगरी पोखराको हेमजामा आजदेखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको हकहितको पक्षमा रहेको बताउनुभयो ।

महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार एवम् कृषि औजारको प्रदर्शनी, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने छन् ।

त्यस्तै पोखरा महानगरपालिका कृषि महाशाखाले महोत्सवकै अवसरमा कृषक परिचयपत्र पनि वितरण गर्नेछ । महोत्सवमा प्रतिकिलो रु.३५ मा आलुको कारोवार भइरहेको छ भने करिव ४० टन आलु बिक्रीवितरण हुने आयोजकको अपेक्षा छ ।

हेमजाको कुल १२ हजार पाँच सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ९० हेक्टरमा यो खेती गरिंदै आइएको छ । जसअन्तर्गत पाँच सय ४० घरपरिवार किसान व्यवसायिक रुपमा आलुखेतीमा आवद्ध हुनुहन्छ ।

कोरोना भाइसरका कारण विगत तीन वर्षसम्म रोकिएको महोत्सवलाई यस वर्षदेखि क्लवले निरन्तरता दिएको हो । महोत्सव यहि बैशाख ३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.