पोखराका २४ अगुवा कृषक सम्मानित

कास्की- पर्यटकीय नगरी पोखराका अगुवा कृषकलाई सम्मान गरिएको छ । त्यहाँ आयोजित राष्ट्रिय हेमजा आलु महोत्सवको समापन समारोहका बीच निरन्तर कृषि क्षेत्रमा सक्रिय रही उत्कृष्ट कार्य गर्नुहुने २४ जना अगुवा कृषकलाई हिजो पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको हो ।

सोही समारोहका बीच महानगरपालिकाले क्युआर कोर्ड सहितको कृषक परिचयपत्र पनि वितरण शुभारम्भ गरेको छ । महोत्सव समापन गर्नुहुँदै महानगरपालिका प्रमुख धनराज आचार्यले महानगर किसानको हकहितको पक्षमा रहेको बताउनु हँदै एक वडा एक उत्पादनको लक्ष्यका साथ अगाडि बढिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताब नै व्यवस्था गरी बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । हेमजामा स्थानीय विष्णुपादुका क्लबले ‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नारा सहित गत चैत २६ गतेदेखि महोत्सव सञ्चालन गरेको थियो । महोत्सवमा २८ लाखको (८० टन, प्रतिकेजी ३५ रुपैयाँका दरले) आलु बिक्री हुनुका साथै पाँच करोड बराबरको कारोबार पनि भएको छ ।

महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान, जैविक विविधता प्रदर्शनी, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी लगायत गरिएको थियो ।

कोरोना भाइसरका कारण तीन वर्षदेखि हुन नसकेको महोत्सवलाई यस वर्षबाट क्लबले निरन्तरता दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.