भृकुटीमण्डपमा अन्तराष्ट्रिय क्रेतासहितको हस्तकला प्रदर्शनी हुँदै

काठमाडौँ- भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा यही वैशाख ८ देखि १० गतेसम्म अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी सञ्चालन हुनेभएको छ ।

हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले आज यहाँ पत्रकार सम्मेलन गरी स्वदेशी तथा विदेशी क्रेतालाई नेपाली उत्पादनप्रति आकर्षित गराउन, नेपालको हस्तकला र स्थानीय उत्पादनलाई विश्व बजारमा चिनाउन, नेपाली उद्योगी–व्यवसायीको मनोबल बढाउन र निर्यात प्रवद्र्धन तथा अर्थतन्त्र सुधारका पक्षमा योगदान पुर्‍याउन महोत्सवका रूपमा प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको छ ।

एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको तीनदिने सो प्रदर्शनीमा एक सय ७६ व्यापारिक कक्ष रहने छ ।

पश्मिना, गलैँचा, कार्पेट, काष्ट एवं मूर्तिकला, गरगहना, जडिबुटी, सजावट तथा पर्यटन उद्योगसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिने आयोजक कम्पनीका अध्यक्ष कपिल अधिकारीले जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीका अनुसार कोभिडपछि नेपालमा हुन लागेको नेपाली सामानहरुको अन्तराष्ट्रिय प्रदर्शनी यो पहिलो हो । यहाँ अमेरिका, युरोप र दक्षिण एशियाका भारत, बंगलादेश लगायतबाट नेपालमा उत्पादित बस्तुहरुको खरिद गर्न व्यपारीहरु आउने र यसका लाग सबै तयारी भइसकेको पनि अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा एक्स्पो आयोजक समितिका सदस्य रवि भट्टले अन्तराष्ट्रिय प्रदर्शनी र यसको महत्वका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.