मातातीर्थ औंसीको अवसरमा दृष्टिविहीन विद्यार्थीलाई भोजन

चितवन- मातातीर्थ औंसीको दिन आज सौराहाका एकजना व्यवसायीले दृष्टिविहीन विद्यार्थीलाई भोजन गराएका छन् । सौराहाको हात्तीचोकमा सुर्यदय गेष्टहाउस तथा सौराहा थकाली किचनका सञ्चालक गोकर्ण गिरीले दृष्टिविहीन विद्यार्थीलाई भोजन गराएका हुन् ।
रेवान सौराहाका पूर्व अध्यक्ष समेत रहेका गिरीले झुवानी माविमा आश्रित २० जना विद्यार्थीलाई भोजन गराएका हुन् । सौराहा स्थित रेष्टुरेन्टमै ल्याएर नेपाली र विदेशी खानाका परिकार खुवाएको गिरीले बताउनुभयो ।

मातातीर्थ औंसीको दिन सबैले आमालाई पुजा गर्ने र मिष्ठान्न भोजन गराउने प्रचलन रही आएको छ । व्यवसायी गिरीले विद्यालयको आश्रममा बसेर समाहित शिक्षा आर्जन गरिरहेका दृष्टिविहीन बालबालिकालाई भोजन गराएर उनीहरुलाई पर्व मनाउने वातावरण सृजना गरेको गिरीको भनाइ छ ।

८४ बर्ष पार गरेका गिरीका बुवालगायत परिवारका अन्य सदस्यहरुले पनि बालबालिकालाई टिकाटालो गरि दक्षिणा समेत प्रदान गरेका थिए । श्रोत शिक्षिका सभ्यता खनालले व्यवसायी गिरीले दृष्टिविहीन विद्यार्थीको शिक्षाका लागि निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्