उपनिर्वाचन हुने तीन क्षेत्रमा आज बिहान ७ बजेदेखि मतदान हुँदै
काठमाडौं- प्रतिनिधि सभा सदस्यका लागि आज तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुदैछ । अहिले ७ बजेबाट मतदान सुरु भएको छ ।
बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन गईरहेको छ । तनहुँमा ९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् । त्यहाँ १ लाख २३ हजार ३ सय पाँच जना मतदाता रहेका छन् । यस जिल्लामा मतदानका लागि ६९ मतदान स्थल र १५२ मतदान केन्द्र कायम गरिएको छ ।
यस्तै यता १ लाख २४ हजार ६ सय ९५ मतदाता रहेको चितवनको क्षेत्र नम्बर २ मा ४३ मतदानस्थल र १ सय ३८ मतदान केन्द्रमा मतदान हुँदै छ । यस निर्वाचन क्षेत्रमा कुल २२ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।
वारामा ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनु भएको छ । यहा ८२ मतदान स्थल अन्तर्गत १ सय ३६ मतदान केन्द्र कायम गरिएको छ । जहाँ १ लाख ५ हजार २ सय ५८ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्