३८ हजार मत गणना हुँदा वाग्लेलाई १९ हजार र भट्टराईलाई ११ हजार मत प्राप्त

तनहुँ- तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ ।

हालसम्म ३८ हजार सात सय ९१ मतगणना हुँदा वाग्लेले १९ हजार ६ सय ५३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार ६ सय ६९ मत र नेकपा (एमाले)का सर्वेन्द्र खनालले ६ हजार २ सय ६९ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म ३८ हजार ७ सय ९१ मत गणना भइसकेको छ ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.