भरतपुरको भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न
चितवन- भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुरको मुख्य सडक क्षेत्रमा भइरहेको भूमिगत विद्युतिकरणको निरीक्षण गर्नुभएको छ । भरतपुरको मुख्य सडकमा विद्युत, ईन्टरनेट, टेलिफोन लगायतको तारलाई भूमिगत गर्ने काम भईरहेको छ ।
प्रमुख दाहालले भूमिगत आयोजनाका कर्मचारीसँग अहिले भईरहेको कार्य प्रगति र काम भईरहेको स्थानबारे जिज्ञासा राख्नु भएको थियो । अहिले ६ लेन सडक र बाईपास सडकमा धमाधम काम भईरहेको छ ।
आयोजनाका अनुसार अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । यो वर्षभित्र काम सक्ने गरी काम भईरहेको आयोजनाले जनाएको छ । भरतपुर महागनरपालिका प्रमुख दाहालले भरतपुरलाई भूमिगत विद्युतिकरणसँगै सौन्दर्यकरण गर्ने कार्यलाई प्रथामिकतामा राखिएको बताउनुभयो ।
दाहालले विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यतालाई बढाएर स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो । भरतपुरमा निर्माणाधीन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ ।
आयोजनाका अनुसार पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ ।
आयोजनाका ईन्जिनियर आन्नद सुवेदीले भरतपुरको भूमिगतको कार्य तीब्र रुपमा अगाडि बढेको जानकारी दिनुभयो ।
भूमिगतका लागि विदेशबाट ल्याउनुपर्ने ८० प्रतिशत काम भएकाले र पाईप बिछ्याउने काम लगभग सकिएको बताउनुभयो । उहाँले विदेशबाट सामान आएकाले अब हुने काम सहज ढडगबाट अघि बढ्ने सुवेदीले बताउनुभयो ।
भरतपुर विद्युत प्राधिकरणका प्रमुख रामु श्रेष्ठले भूमिगत विद्युतिय प्रणालीले णाली सुरक्षित, भरपर्दो हुने र यसले सहरी सौन्दर्यता कायम राख्नसमेत मद्दत पुग्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्