अमेरिकाको टेक्ससमा एक व्यक्तिले गोली प्रहार गर्दा पाँच जनाको मृत्यु

अमेरिकाको टेक्ससमा एकजना मानिसले अर्ध स्वचालित बन्दुक प्रयोगको अभ्यास गर्ने विषयमा विवाद भएपछि आफ्नै पाँच जना छिमेकीको हत्या गरेको प्रहरीले जनाएको छ । मारिनेमा ८ वर्षीय बालक समेत रहेका छन् ।

घटना शुक्रबार राति क्लिभल्याण्डको सानो सहर स्यान ज्याकिन्टोमा भएको हो । मारिने सबै मध्य अमेरिकी राष्ट्र होन्डुरसका रहेका थिए । मारिनेमा दुई जना महिला समेत रहेका छन् । उनीहरुलाई बच्चाहरुलाई जोगाउने प्रयासमा गोली लागेको अनुमान गरिएको छ ।

पीडितहरुलाई मृत्युदण्डको शैलीमा घाँटी र टाउकोमा गोली हानेको पाइएको छ । घटनाका शंकास्पद अभियुक्त ३८ वर्षीय फ्रान्सिस्को ओरोपेज फरार छन् । उनी मेक्सिकन नागरिक भएको बताइएको छ ।

फरार अभियुक्त ओरोपेजलाई पाँच वटा मुद्दा लगाइएको छ । प्रहरीले शंकास्पद व्यक्तिको खोजीमा तालिम प्राप्त कुकुर र ड्रोन प्रयोग गरिरहेको छ । अपराधी नजिकैको जंगलमा लुकेको अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.