सन्दीप रायमाझी बुटवलबाट पक्राउ
काठमाडौं- नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् ।
उनी हिजो साँझ बुटवलमा पक्राउ परेको प्रहरीले जनाएको छ । सन्दीपलाई आज काठमाडौं ल्याउने तयारी गरिएको छ । पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई हिजै पक्राउ पुर्जी जारी भएको थियो ।
यो प्रकरणमा गत १२ चैतमा प्रहरीले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।
प्रतिक्रिया राख्नुहोस्