गोरखाको रानीपोखरीमा डुवेर एक बालकको मृत्यु

गोरखा- जिल्ला सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुवेर शुक्रवार एक बालकको मृत्यु भएको छ । धार्चे गाउँपालिका–५ सिङ्लाका आठ बर्षिय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ करिव पाँचबजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएका थिए । पोखरीमा डुवेर उत्रन नसकेपछि साथीहरुले हारगुहार गरेका थिए । स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी लिलाराज लामिछानेले बताए । मृतक गुरुङ गोरखा नगरपालिका–६ डाँडगाँउ स्थित मामाको घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.