अरुण तेस्रोको अस्थायी ड्याम अरुण नदीले कटान गरेपछि तटीय क्षेत्रमा जोखिम
संखुवासभा- सङ्खुवासभामा निर्माणाधिन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।
गत बैशाख १७ गते पहिरो खसेर अरुण तेस्रोको डाइभर्सन टनेल थुनिएको थियो । डाइभर्सन टनेल थुनिएपछि बनेको अरुण नदीको अस्थायी तालको पानीले ड्यामको नयाँ बस्तीको पहाडकटान गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक बीरेन्द्र गोदारले जानकारी दिनुभयो ।
माथिल्लो क्षेत्रमा लगातार बर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेपछि अस्थायी बाँधको नयाँ बस्ती तिर कटान गरेर अरुण बग्न थालेपछि नदी किनार आसपासका बस्तीमा जोखिम बढेको प्रहरी नायव उपरिक्षक गोदारले बताउनुभयो ।
यो बाँध अरुण नदीले आफै कटान गरेर खोल्न थालेपछि नदी किनार आसपासका बस्ती जोखिम बढेको कारण सर्तक रहन सुरक्षा निकाय मार्फत जानकारी गराइएको उहाँको भनाइ छ ।
अरुण नदीले अस्थायी बाँधको कटान गरेर बग्न थालेपछि तटिय क्षेत्रमा जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालयले सर्तक रहन आग्रह गरेको हो । अरुण नदी थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो ।
२६ मिटर अग्लो बाँधमा पानी जमेपछि करिब ३ किलोमिटर सम्म ताल बनेको छ ।
अरुण नदीलाई वहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेल मार्फत अरुण नदी मोडिएको थियो ।
आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निमार्ण गरी डाभर्सन टनेल मार्फत नदी बग्दै आएको थियो ।
जिल्ला प्रहरी कार्यालयले अरुण नदीको तटिय क्षेत्रका बासिन्दालाई सजग हुन आग्रह समेत गरेको छ ।।
प्रतिक्रिया राख्नुहोस्