कृषकलाई सधैँको पिरलो

स्याङ्जा- पहाडी जिल्लामध्ये सबैभन्दा बढी मकै उत्पादन हुने जिल्लाको रुपमा स्याङ्जा जिल्लालाई चिनिने गरेको छ । जिल्लामा मकै खेती करिब २८ हजार हेक्टर क्षेत्रफल रहेकोले जिल्लालाइ मकै पकेट क्षेत्रको रुपमा लिने गरिन्छ ।

तर पछिल्लो समय जंगली जनावरहरु बादर, दुम्सी, बँदेल तथा मृगले घरमा भित्र्याउने तयारीमा रहेको मकै दिनहुँ क्षति पुर्‍याउन थालेपछी किसानहरु खेति जोगाउन माग राख्दै आन्दोलित भएका छन् ।

पछिल्लो समय स्याङजाको खेतबारीमा उत्पादन गरेको बाली बादरले दिनहुँ क्षति पुर्‍याउन थालेपछि भिरकोट नगरपालिकाका किसानहरु स्थाानीय तहसँग खेती जोगाउन भन्दै विभिन्न मागसहित प्लेकार्ड तथा व्यानर बनाई बादर आतंकलाई न्युनिकरण गर्न जोडदार माग गरेका हुन् ।

जिल्लाको करिब २८ हेक्टर क्षेत्रफलमा मकै उत्पादन हुँदै आएको छ । तर पछिल्लो समय गाउँमा बसाइसराइको कारणले बस्ती कम हुँदै जाने र जंगल फैंलदै जान थालेपछी बाँदर, मृग, दुम्सीको संख्या बढ्न गई खेती जोगाउन समस्या भएको हो ।

सो क्षेत्रमा यसपटक कृषकले ९५ प्रतिसत उन्नत जातको मकै लगाएका छन् । जसमध्ये मनकामना ३ र अरुण जातका मकैको विउ प्रयोग गरिएको थियो । बालीलाई बादरले क्षति पुर्‍याउन थालेपछि बर्षभरीका लागि गरिएको मकै खेतीले धान्न नसक्ने भएकाले मेहनत खेरा जाने भन्दै आन्दोलनमा होमिएका छन् ।

गत बर्ष जिल्लामा ५४ हजार म्याट्रिक टन उत्पादन भएको मकै यस बर्ष भने उत्पादन घट्न सक्ने देखिन्छ । खडेरी लाग्ने र जगंली जनावरले मकै खेतीलाई गरेको असरले कृषकहरु प्रति लक्षित गरी कार्यक्रम तय गर्ने तथा विकल्पको बाटो नखोज्ने हो भने कृषकहरुमा कृषिप्रतिको आकर्षण घट्न सक्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.